काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि शेखर गोल्छाको प्यानलमा प्रदाधिकारीहरुको टुङ्गो लागेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छा समूहमा एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल उम्मेदवार बन्ने भएका छन् । सोही समूहबाट एशोसिएटतर्फका आकांक्षी ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

‘ज्ञानेन्द्रलालजीले मलाई उपाध्यक्षमा समर्थन गर्नु भएको छ । उहाँलाई कोषध्यक्षको उम्मेदवार बनाउने सहमति भयो’ ढकालले विकासन्युजसँग कुरा गर्दै भने ।
गोल्छाको समूहमा जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र बस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिने टुङ्गो लागिसकेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष बन्ने व्यवस्था विधानमा गरिएकाे छ ।
थप समाचारहरू