
काठमाडौं । ओमोडा एन्ड जेको कम्पनीको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा जेकोको बसुन्धारा शोरुम उद्घाटन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शोरुम उद्घाटन गरेका हुन् ।
कार्यक्रममा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एबीटी मोटर्सको तर्फबाट प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
शोरुम उद्घाटनका क्रममा घिसिङले नेपालमा ईभीको भविष्य राम्रो भएको बताए ।
उनले भने, ‘नेपालमै उत्पादित विद्युत खपत हुन गई पेट्रोलियम पदार्थको आयात कम गर्न र व्यापार घाटा कम गराउन ईभीले ठूलो भूमिका खेलेको छ । प्रतिकिलोमिटर ईभीमा अधिकतम डेढदेखि दुई रुपैयाँसम्म पर्नेमा पेट्रोलियम गाडीमा यो १० देखि १५ पर्ने देखिएको छ । यसले गर्दा पनि ईभी नेपालका लागि राम्रो रहेको छ । यसकाे भविष्य राम्राे छ ।’
एसपीजी अटोमोबाइल्सका निर्देशक शारडाले छोटो समयमै नेपालमा ओमोडा जेको अत्यधिक रुचाइएको र ८०० भन्दा बढी युनिट बिक्री भइसकेको जानकारी दिए ।
एबीटी मोटर्सका श्रेष्ठले ओमोडा गाडीको आधिकारिक वितरक र ग्राहकबीच ईभीको बढ्दो मागलाई पूर्ति गर्न पाउँदा खुसी व्यक्त गरे।
पूरानो गाडीको खरिदबिक्रीबाट सुरु भएको व्यवसाय आज यहाँसम्म आउँदा ग्राहकको साथ पाएकोमा कृतज्ञता पनि व्यक्त गरे ।
एबीटी मोटर्स एसपीजीको आधिकारिक डिलर हो ।