केयूको उपकुलपतिका लागि दरखास्त आह्वान 

<p>काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति भोला थापाको समयावधि सकिएपछि पद रिक्त रहेको छ । यो भन्दा अगाडि दरखास्त दिएका १६ लाई यथावत राख्दै ७ थप दरखास्त आह्वान गरिएको हो । केयुको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल अफ साइन्सका डीनले समेत दरखास्त दिन मिल्ने गरी फेरि [&hellip;]</p>

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ ।

उपकुलपति भोला थापाको समयावधि सकिएपछि पद रिक्त रहेको छ । यो भन्दा अगाडि दरखास्त दिएका १६ लाई यथावत राख्दै ७ थप दरखास्त आह्वान गरिएको हो ।

केयुको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल अफ साइन्सका डीनले समेत दरखास्त दिन मिल्ने गरी फेरि दरखास्त आह्वान गरिएको जनाइएको छ ।

यो भन्दा पहिले आवेदन दिएको दुई जना संस्थापक उपकुलपति सुरेशराज शर्माका नातेदार रहेको खुलेपछि उपकुलपति छनोट समिति नै विवादमा परेको छ ।

हाल केयूका रजिष्टार प्रा.डा. अच्युत वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवार सम्हालिरहेका छन् ।

Share News