हिमालयन बैंकद्धारा चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग

<p>काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको हात्तीगौंडास्थित “न्यु चिल्ड्रेन्स होम”का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त चिल्ड्रेन्स होममा रहेका बाल बालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि)  तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चिनी, पीठो, विस्कुट आदि)  सहयोग गरेको छ [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको हात्तीगौंडास्थित “न्यु चिल्ड्रेन्स होम”का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त चिल्ड्रेन्स होममा रहेका बाल बालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि)  तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चिनी, पीठो, विस्कुट आदि)  सहयोग गरेको छ ।

देशका विभिन्न स्थानका तीस जना गरीब तथा असहाय वालवालिकाहरुलाई उक्त चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

Share News