मर्मत शुल्क तिरेर गाडी लैजान गो अटोकेयरको ताकेता, १५ दिनभित्र नलिए कवाडीमा मिल्काइने

<p>काठमाडौं । गो अटोकेयर प्रालिले सवारी साधन लैजान सवारीधनीहरूलाई ताकेता गरेको छ । मर्मत शुल्क तिरेर गो अटोकेयरको परिसरमा रहेका सवारी साधनहरू फिर्ता लैजान ताकेता गरेको हो । कम्पनीका अनुसार सर्भिस सेन्टरको परिसरमा मर्मत गर्न ल्याइएका सवारी साधनहरू मर्मत सम्भारको कार्य सम्पन्न भइसकेको छ । उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ [&hellip;]</p>

काठमाडौं । गो अटोकेयर प्रालिले सवारी साधन लैजान सवारीधनीहरूलाई ताकेता गरेको छ । मर्मत शुल्क तिरेर गो अटोकेयरको परिसरमा रहेका सवारी साधनहरू फिर्ता लैजान ताकेता गरेको हो ।

कम्पनीका अनुसार सर्भिस सेन्टरको परिसरमा मर्मत गर्न ल्याइएका सवारी साधनहरू मर्मत सम्भारको कार्य सम्पन्न भइसकेको छ ।

उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ दिनभित्र सम्पूर्ण खर्च (मर्मत शुल्क, पार्किङ शुल्क) भुक्तानी गरी पार्किङ परिसरबाट उठाउन कम्पनीले अनुरोध गरेको छ ।

यस अवधिमा पनि सवारी साधनहरू नलिए कम्पनी जिम्मेवार नरहने र कवाडीको हिसाबमा मिल्काइने कम्पनीले चेतावनी दिएएको छ ।

कम्पनीका अनुसार ९ वटा सवारी साधन सर्भिस सेन्टरको परिसरमा छन् ।

Share News