काठमाडौं । जिल्ला विकास समिति काठमाडौंका नायव सुब्बा गोवर्धन खड्का घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले खड्कालाई ४० लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
खड्काले अध्याय ट्रेड एण्ड सप्लायर्स जोरपाटीका कर्मचारीसँग बालुवा गिटीको कर उठाउने क्रममा प्रयोग गरिने विलको प्याड नमिलेको र सो मिलाउन स्थानिय विकास अधिकारी र योजना अधिकृतलाई मासिक १० लाख बुझाउनु पर्ने भन्दै घुस मागेका थिए ।
सोही सूचनाका आधारमा खटिएको आयोग टोलीले उनलाई आफ्नै कायकक्षबाट ४० लाख रकम सहित पक्राउ गरेको हो ।
खड्कालाई आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाएको छ ।