‘जीवनका लागि न्यानो साथ’ अभियानमा सूर्यज्योति, विभिन्न प्रदेशमा सिरक तथा न्यानो ज्याकेट वितरण

<p>काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सूर्यज्योतिको &#8216;जीवनको लागि न्यानो साथ&#8217; अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । ज्योतिले देशभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो । उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि [&hellip;]</p>

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सूर्यज्योतिको ‘जीवनको लागि न्यानो साथ’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ ।

ज्योतिले देशभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो ।

उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरू अपनाउन अनुरोध पनि गरेको छ ।

मधेस प्रदेशअन्तर्गत कलैयामा स्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरूका लागि २२ वटा ज्याकेट र जनकपुरस्थित श्री नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीहरूका लागि ४६ वटा गरि ६८ वटा न्यानो ज्याकेट वितरण गरेको छ ।

बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लामा अवस्थित पाटन सामुदायिक पुन:स्थापना संस्थाको सहकार्यमा अपाङ्गता समस्या भएका बालबालिका तथा युवाहरूका लागि ५० वटा न्यानो ज्याकेट वितरण गरेको छ ।

त्यस्तै, गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको काठेखोला गाउँपालिका ५, बिहुदहपानी अवस्थित बालग्राम आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्लाअन्तर्गत महाराजगञ्ज नगरपालिका वडा नं. १०, हदौना क्षेत्रका अति विपन्न ५ सय परिवारहरूलाई ५ सय वटा न्यानो सिरक वितरण गरिएको छ ।

Share News