यामाहा नेपालले महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

<p>काठमाडौं । यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको टाइटल प्रायोजन गरेको छ । नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ । त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको टाइटल प्रायोजन गरेको छ ।

नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ ।

त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित भएको बताए ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।

Share News