
काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसनहरू स्थापना गरेको छ । पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धताअनुरूप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो ।
निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको छ ।
सीसीएसटु-कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो ।
यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ बनाउन लागेको हो ।
बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
फोटोन नेपाल र एमएडब्लू वृद्धि ग्रुपको बारेमा
फोटोन नेपाल सञ्चालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो जसले सन् २०१४ देखि नेपालभरि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ ।
एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै सेवा दिँदै आइरहेको छ ।
