होन्डाले अमेरिकाका २ लाख ९० हजारभन्दा बढी गाडी फिर्ता बोलाउने

<p>काठमाडौं । होन्डाले अमेरिकामा २ लाख ९४ हजार ६१२ गाडीहरू फिर्ता बोलाउने भएको छ । यी गाडीहरूमा रहेको इन्जिन अचानक बन्द हुने वा पावर गुमाउने समस्या समाधान गर्न यस्तो निर्णय गरिएको हो । २०२२-२०२५ अकुरा एमडीएक्स टाइफ-एस, २०२३-२०२५ होन्डा पाइलट र २०२१-२०२५ कुरा टीएलएक्स टाइप-एस गाडी फिर्ता बाेलाउन लागेको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले बुधबार [&hellip;]</p>

काठमाडौं । होन्डाले अमेरिकामा २ लाख ९४ हजार ६१२ गाडीहरू फिर्ता बोलाउने भएको छ ।

यी गाडीहरूमा रहेको इन्जिन अचानक बन्द हुने वा पावर गुमाउने समस्या समाधान गर्न यस्तो निर्णय गरिएको हो ।

२०२२-२०२५ अकुरा एमडीएक्स टाइफ-एस, २०२३-२०२५ होन्डा पाइलट र २०२१-२०२५ कुरा टीएलएक्स टाइप-एस गाडी फिर्ता बाेलाउन लागेको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले बुधबार जानकारी दिएको छ ।

फ्युल इन्जेक्सन इलेक्ट्रोनिक कन्ट्रोल युनिट (एआई-ईसीयू) मा रहेको सफ्टवेयर त्रुटिले गाडीको इन्जिन बन्द हुन वा पावर गुमाउन सक्छ । यसले दुर्घटनाको जोखिम बढाउने सम्भावना रहेको अमेरिकी यातायात सुरक्षा नियामकको भनाइ छ ।

अब होन्डाका डिलरहरूले एफआई-ईसीयूको सफ्टवेयर निःशुल्क पुनःप्रोग्राम गर्ने जनाइएको छ ।

Share News