काठमाडौं । मुक्तिनाथ विकास बैंकले चार वटा नयाँ शाखा थपेको छ । बैंकले बिरगञ्ज, नवलपरासीको भुमही, ओखलढुंगाको सिद्धिचरण र रामपुरमा नयाँ शाखा विस्तार गरेको हो । अब बैंकको शाखा संख्या ५५ वटा पुगेको छ ।

मक्तिनाथको नवलपरासीस्थित भुमही शाखाको उद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर थापा क्षेत्रीले गरेका थिए भने वीरगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले गरेका थिए । ओखलढुङ्गाको सिद्धिचरण शाखा र रामपुर शाखाको उद्घाटन भने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दहालले गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले कृषि क्षेत्रको विकास र विस्तारमा आफ्नो लगानी केन्द्रित गरेको बताए । मुक्तिनाथ विकास बैंकले जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मान्यता अनुसार सेवा विस्तार गरिरहेको पनि उनले जानकारी दिएका थिए । हाल बैंकका १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राही रहेका छन् ।
बैँकले हालसम्म कुल १५ अर्ब निक्षेप संकलन गरी १३ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ ।