नेपाल ल्यूव आयलले अन्य कम्पोनेन्टको व्यापार गर्ने, पुँजी वृद्धि गर्न हकप्रद सेयर

<p>काठमाडौं । नेपाल ल्यूव आयलले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको हो । साथै कम्पनीको पुँजी वृद्धि गर्न सञ्चालक समितिले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल ल्यूव आयलले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको हो ।

साथै कम्पनीको पुँजी वृद्धि गर्न सञ्चालक समितिले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ७ करोड २८ लाख रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले १४ करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न माघ २९ गते बिहान ११ बजे ललितपुरमा विशेष साधारण सभा आह्वान गरेको छ । कमपनीको सभाले हकप्रद सेयर निष्काशन पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने विषयमा समेत छलफल गर्नेछ ।

कम्पनीले लुव्रिकेन्ट्स बाहेकका अन्य कम्पोनेन्टको व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्धपत्र, नियमावली, सञ्चालक समितीको सदस्य, पदाधिकारी र अधिकृत पुँजी, जारि पुँजी एवंम चुक्ता पुँजी कायम गर्नेछ ।

Share News