नेशनल साइबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

<p>काठमाडौं । नेशनल साइबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजन रहेको थियो । कूल ३२ टिममा उत्कृष्ट हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगिताबाट उत्कृष्ट हुदै धापासी काठमाडाैंको त्रियोग हाई स्कूलले प्रथम स्थान [&hellip;]</p>

काठमाडौं । नेशनल साइबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजन रहेको थियो ।

कूल ३२ टिममा उत्कृष्ट हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगिताबाट उत्कृष्ट हुदै धापासी काठमाडाैंको त्रियोग हाई स्कूलले प्रथम स्थान हासिल गर्‍यो ।

माउन्ट एसईबी स्कूल, सैनिक आवासीय महाविद्यालय, बुढानिलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा काठमाडाैं उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागी भई प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कूललाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरियो ।

दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कूलहरूलाई पनि ट्रफी, मेडल तथा अन्य धेरै उपहारले सम्मान गरियो ।

रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षि कलेज, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवालगायतले प्रतियोगिताकाे प्रायोजन गरेका थिए ।

सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने प्रतियोगिताकाे प्रमुख लक्ष्य रहेको थियो ।

 

Share News