सैफ अलि खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

<p>काठमाडौं । बलिउड अभिनेता सैफ अलि खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ । उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बांङ्लादेशी [&hellip;]</p>

काठमाडौं । बलिउड अभिनेता सैफ अलि खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ ।

उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बांङ्लादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ ।

पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।’

उनको साथबाट प्राप्त केही कागजात हेर्दा उनी बांङ्लादेशी नागरिक भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा पनि आरोप पत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । उनलाई आज अदालत पेस गरिँदै छ ।

दिएको जानकारी अनुसार ती व्यक्ति सैफ अलि खानको घरमा चोरी गर्ने उद्देश्यले घुसेका थिए । त्यही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो । शल्यक्रियापछि सैफ अलि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Share News