गीतकार शुभ मुकारुङको गीतीसंग्रह ‘यतै अल्मलिएँ’ बिमोचन

<p>काठमाडौं । वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौंको पुतलीसडकमा रहेको ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा कार्यक्रमबीच उनको पुस्तक लोकार्पण भएको हो । यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ । कार्यक्रममा गीतकार पुर्वमन्त्री एसपि कोइराला, गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा [&hellip;]</p>

काठमाडौं । वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौंको पुतलीसडकमा रहेको ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा कार्यक्रमबीच उनको पुस्तक लोकार्पण भएको हो । यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ ।

कार्यक्रममा गीतकार पुर्वमन्त्री एसपि कोइराला, गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा, गीतकार अमर बान्तु, सास्कृतिक विद भक्त राई, हेमराज राई, गीतकार श्रवण मुकारुङ, गायक दिलेन्द्र मुकारुङ, गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा, चर्चित गीतकार बिपिन किरण लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन, लोक सन्दर्भमा रहेको छ।

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण गरेका थिए ।

कार्यक्रममा विभिन्न गीतकार, संगीतकार, सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Share News