शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्दै

<p>काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ३ दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना सुरु गर्ने भएको छ । यो अटोमोबाइल प्रदर्शनी माघ ५ देखि ७ सम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुन लागेको हो । निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रालि’, तथा लिपमोटर र [&hellip;]</p>

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ३ दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना सुरु गर्ने भएको छ ।

यो अटोमोबाइल प्रदर्शनी माघ ५ देखि ७ सम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुन लागेको हो ।

निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रालि’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनि’द्वारा आयोजना हुने यस तीन-दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट-ड्राइभ गर्न सकिने जनाइएको छ ।

साथै ग्राहकले आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त पनि गर्नेछन् ।

नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू: शारडा ग्रुप र गोल्छा अर्गाइजेसनको सहकार्यमा यो कार्निभल आयोजना सुरू भएको हो ।

शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (इभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गरिरहेको छ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ-सि-३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ ।

सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट-ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्सि सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

साथै यस कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडलहरूको उत्साहजनक टेस्ट-ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन अवसर प्रदान गर्ने जनाइएको छ ।

विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट-ड्राइभबाहेक कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् ।

हरेक गाडीको खरिदमा नि:शुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ । साथै विद्युतीय सवारीसाधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि नि:शुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ।

शारडा समूह नेपालमा एक अग्रणी विविध व्यापार ग्रुप हो । ग्रुपले औद्योगिक वस्तुदेखि विभिन्न टिकाऊ उपभोग्य वस्तुको उत्पादन तथा व्यापार गर्दछ । शारडा ग्रुप नेपालको अटोमोबाइल्स उद्योगमा पनि अग्रणी भूमिकामा रहेको छ ।

शारडा ग्रुपअन्तर्गत ओमोडा र जेइको को लिमिटेडको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालि र जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नेपाली ग्राहकहरूका लागि विश्वका उत्कृष्ट, नवीनतम विद्युतीय सवारी साधनहरू आपूर्ति तथा विक्री गर्दछ ।

गोल्छा अर्गनाइजेसन नेपालको अग्रणी औद्योगिक समूह हो, जसले व्यापारिक क्षेत्रमा १ सय वर्ष बिताइसकेको छ ।

सुरुवातदेखि नै गोल्छा परिवार नेपालको सबैभन्दा ठूलो व्यावसायिक समूहको रूपमा निरन्तर अघि बढिरहेको छ ।

Share News