आईएमई लाईफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म पाउने

<p>काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमालेख ३० वर्ष वा सोभन्दा धेरै अवधिका लागि खरिद गरेका बीमितले ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमालेख ३० वर्ष वा सोभन्दा धेरै अवधिका लागि खरिद गरेका बीमितले ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ ।

सोही बीमालेख २५ देखि २९ वर्ष अवधिकालागि खरिद गर्दा ६५ रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ ।

यसैगरी, सामूहिक सावधिक बीमालेख ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ र सोही बीमालेख २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ७० रुपैयाँ बोनस पाउने जनाइएको छ ।

यस्तै, सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा वाल सावधिक बीमालेख ३० वर्ष वा सोभन्दा बढी अवधिकालागि खरिद गर्ने बीमितले पनि ७० रुपैयाँ बोनस पाउनेछन् भने २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्दा ६७ रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ ।

कुन बीमालेखमा कति बोनस ?

Share News