सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि वितरण गर्ने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् । ३० वर्ष वा सोभन्दा बढी समयका लागि सवधिम तथा आजिवन बीमालेख खरिद गरेका बीमितले उक्त ८० [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि वितरण गर्ने बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् । ३० वर्ष वा सोभन्दा बढी समयका लागि सवधिम तथा आजिवन बीमालेख खरिद गरेका बीमितले उक्त ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । सोहि बीमालेख २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै, सिटिजन बाल भविश्य योजना सावधिक बीमालेख २५ देखि २९ वर्षकालागि खरिद गर्ने बीमितले ६७ रुपैयाँ बोनस पाउँदा सोहि बीमालेख २० देखि २४ वर्षका लागि खरिद गर्दा बीमितले ५२ रुपैयाँ बोनस पाउने जनाइएको छ ।

यस्तै, सिटिजन शुभारम्भ योजना ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउने जनाइएको छ ।

कुन बीमालेखमा कति बोनस ?

Share News