सोमबार मात्रै ४८ लाख ७३ हजार कित्ता बोनस र ११ लाख कित्ता हकप्रद सूचिकृत

<p>काठमाडौं । सोमबार मात्रै ४८ लाख ७३ हजार ७३८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ । सोमबार ५ वटा कम्पनीको गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । सिर्जना फाइनान्सको १० लाख ८ हजार, छिमेक लघुवित्त विकास [&hellip;]</p>

काठमाडौं । सोमबार मात्रै ४८ लाख ७३ हजार ७३८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।

सोमबार ५ वटा कम्पनीको गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । सिर्जना फाइनान्सको १० लाख ८ हजार, छिमेक लघुवित्त विकास बैंकको २३ लाख ८३ हजार र यूनाइटेड इन्स्योरेन्सको ५ लाख ४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको क्रमशः ७ लाख ४७ हजार ५०७ कित्ता र २ लाख ३१ हजार कित्ता बोनस सूचिकृत भएको छ ।

त्यस्तै, सोमबार नै यूनाइटेड फाइनान्सको ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद सूचिकृत भएको नेप्सेले जनाएको छ ।

Share News