अस्ट्रेलियन एजुकेसन फेयर २८ पुसदेखि काठमाडाैंमा सुरु हुने

<p>काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ। अस्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३३ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले पुस २८ गते फेयर सञ्चालन गर्न लागेको हो । काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न [&hellip;]</p>

काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ।

अस्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३३ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले पुस २८ गते फेयर सञ्चालन गर्न लागेको हो ।

काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

फेयरमा एकैछानामुनि अस्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अस्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् ।

कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ ।

काठमाडौंमा पुस २८ गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा माघ १ गते ११ बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ ।

यस्तै, बुटवलमा माघ २ गते मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म फेयर सञ्चालन हुनेछ । ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम माघ ३ गते मध्यान्ह १२ बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन हुनेछ ।

Share News