काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले ३३ किलो सुन तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । सिइआईबीले पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।
पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको ३३ किलो सुन बरामद गरेको थियो । विमानस्थलको सुरक्षा कमाण्ड सम्हालेको तत्कालिन एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही सहित सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की पक्राउ परेका हुन् ।
पक्राउ परेका अन्य तस्करहरुमा मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ रहेका छन् । अन्य १८ जना भने अझै फरार रहेको सिइआइबीले जनाएको छ ।
सिआइबीले पक्राउ गरिएकाहरु विरुद्ध सगंठित अपराध निवारण ऐन, २०७० अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।