ज्ञान मल्टिग्रेन आटा नेपाली बजारमा, ७ वटा प्राकृतिक अन्नको समिश्रणबाट उत्पादित

<p>काठमाडौं । के. एल दुगड समूहले ज्ञान मल्टिग्रेन आटाको उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । समुहले ७ वटा प्राकृतिक अन्नहरु:गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट उक्त आटा तयार पारेको जनाएको छ । उक्त आटामा सात वटा प्राकृतिक अन्नहरुबाट पाइने शक्ति प्रोटिन, भिटामिन, खनिज तत्व तथा डाइटरी [&hellip;]</p>

काठमाडौं । के. एल दुगड समूहले ज्ञान मल्टिग्रेन आटाको उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । समुहले ७ वटा प्राकृतिक अन्नहरु:गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट उक्त आटा तयार पारेको जनाएको छ । उक्त आटामा सात वटा प्राकृतिक अन्नहरुबाट पाइने शक्ति प्रोटिन, भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुनुका साथै उक्त तत्वहरु बाट मानिसलाई भरपुर शक्ति प्रदान गरी स्वस्थ्य बनाउँछ ।

साथै शुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेको यस आटाको ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको कम्पनीले जनाएको छ । यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ ।

स्वास्थ्थ प्रति सचेत र खान पानमा बढी ध्यान दिने आजको पुस्तालाई लछित गर्दै के एल दुगड सुमुहले यो मल्टिग्रेन आटा बजारमा ल्याएको हो । यो मल्टिग्रेन आटा अर्थात विभिन्न अन्न बाट बनाएकोले भिन्न भिन्न अन्नबाटा प्राप्त हुने सबै प्रकारका तत्वहरु अत्यन्तै पोेस्टिक हुनुका साथै स्वस्त्य बर्धक छ । यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण शुरु गरिएको हो ।

Share News