ओमोडाको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी

<p>काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बनेका छन् । शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले सुदुरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्रसिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेस्डर नियुक्त भएका हुन् [&hellip;]</p>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बनेका छन् ।

शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले सुदुरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्रसिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेस्डर नियुक्त भएका हुन् ।

यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवर्द्धनमा जोड दिइएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक हो ।

कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्ध हुँदा खुसी व्यक्त गरे ।

उनले भने, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्यूचरिस्टिक इभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्यूचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु ।’

समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपीजी अटोमोबाइल्सका अन्य सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो ।

आजै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिएको छ ।

एनपीएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार स्वरूप ओमोडा इ-फाइभको साँचो हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको पुरुष टी- ट्वान्टी अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं ।’

उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोरेको छ ।

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

ऐरीले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् ।

प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Share News