लगानी सम्मेलन भव्य रुपमा सम्पन्न, सवा १४ खर्ब लगानीकाे प्रतिवद्धता

<p>काठमाडौं । सरकारले अायाेजना गरेकाे लगानी सम्मेलनमा करिब सवा १४ खर्ब  रूपैयाँ  लगानीकाे प्रतिवद्धता आएको छ । विहीबार र शुक्रबार राजधानीमा भएको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताबाट यति ठूलो लगानीको प्रतिवद्धता आएको हो ।सम्मेलन समापनपछि अायाेजित पत्रकार सम्मेलनमा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कुल १३ अर्ब ५२ करोड अमेरिकी डलर (१४ खर्व ३३ [&hellip;]</p>

काठमाडौं । सरकारले अायाेजना गरेकाे लगानी सम्मेलनमा करिब सवा १४ खर्ब  रूपैयाँ  लगानीकाे प्रतिवद्धता आएको छ । विहीबार र शुक्रबार राजधानीमा भएको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताबाट यति ठूलो लगानीको प्रतिवद्धता आएको हो ।सम्मेलन समापनपछि अायाेजित पत्रकार सम्मेलनमा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कुल १३ अर्ब ५२ करोड अमेरिकी डलर (१४ खर्व ३३ अर्ब) रुपैयाँ लगानीकाे प्रतिवद्धता अाएकाे बताए ।

लगानी सम्मेलनमा छिमेकी चीनले सर्वाधिक लगानीको प्रतिबद्धता जनाएको छ। चीनले आठ अर्ब ३० करोड अमेरिकी डलर (आठ खर्ब ८० अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो समय नेपालमा लगानी बढाइ रहेको चीनले सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ठूलो उत्साहका साथ सहभागिता जनाएको थियो।

कुल १३ अर्ब ५२ करोड अमेरिकी डलर (१४ खर्व ३३ अर्ब) रुपैयाँको आवेदन भएकोमा चिनियाँ लगानीकर्ताले आधा भन्दा बढि हिस्सा चिनियाँ कम्पनीले नै ओगटेका छन्।बंगलादेशबाट दुई अर्ब ४० करोड अमेरिकी डलर (दुई खर्ब ५४ अर्ब रुपैयाँ)को प्रतिबद्धता आएको हो। बंगलादेशले पछिल्लो समय नेपालको जलविद्युत प्रति चासो देखाउँदै आएको थियो।

बंगलादेश पछि जापान र बेलायती लगानीकर्ताले समेत एक/एक अर्ब अमेरिकी डलर (एक खर्ब सात अर्ब रुपैयाँ) लगानीको बचन दिएका छन्। यस्तै श्रीलंकाको लगानीकर्ताले ५० करोड अमेरिकी डलर (५३ अर्ब रुपैयाँ भन्दा बढी) लगानी प्रतिबद्धता जनाएका छन्।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदर भारतीय लगानीकर्ता भने ३१ करोड ७० लाख अमेरिकी डलर (३३ अर्ब ६० करोड रुपैयाँ) लगानीको प्रतिबद्धता जनाएका छन् । यस्तै नेपाली लगानीकर्ताले समेत ११ करोड ५० लाख  (झन्डै १२ अर्ब रुपैयाँ) अमेरिकी डलर लगानीको बचन दिएका छन्।

उद्योगमन्त्री नवीन्द्रराज जोशी सम्मेलन भव्य रूपमा सम्मन्न भएकाे बताए ।सरकारले सम्मेलनमा कम्तिमा १०० अर्ब नेपाली रुपैयाँ बराबर विदेशी लगानी भित्र्याउने लक्ष्यसहित यो सम्मेलन गरेको थियो ।

‘लगानीको प्रतिवद्धता जनाउने तपाईहरु सबैलाई म धन्यवाद दिन चाहान्छु र तपाईहरुको प्रतिवद्धता वास्तविकता परिवर्तन गर्न र साँच्चै लगानी गर्न आग्रह गर्दछ’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मन्त्री जोशीले बताए ।

उनले नेपालमा साँच्चिकै लगानीको बातावरण बनेको बताए । नेपालमा राजनीतिक रुपमा ठूलो परिवर्तन भएको, नयाँ संविधान आएको, नयाँ संविधानले आर्थिक समृद्धिमा जोड दिएको बताउँदै उनले भने ‘लगानी सम्मेलनमा मुख्य राजनीतिक दलका शीर्ष नेताबाट लगानीकर्तालाई संरक्षण गर्ने प्रतिवद्धताले पनि लगानी बढाउन प्रोत्साहित गरेको छ ।’

उनले विदेशी लगानीलाई सुरक्षा र सहुलियत दिने प्रतिवद्धता जनाउँदै हरेक विदेशी लगानीकर्ताले नेपालबाट राम्रो प्रतिफल पाउने स्पष्ट पारे । जोशीले नेपालमा लगानीका क्षेत्र धेरै रहेको बताउँदै जलविद्युत, पर्यटन, खानी, कृषि प्रशोधन, सूचना प्रविधि तथा टेलिकम र पूर्वाधारमा लगानीका लागि पर्याप्त अवसर रहेको बताए ।

भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी थिए ।

Share News