भारतकै कारण लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ-राजदुत उपाध्याय

<p>काठमाडौं । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालमा लोडेसेडिङ् अहिले नहुनुमा भारतको ठूलो हात रहेको स्पष्ट पारेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेको राजदुत उपाध्यायले रिपोर्टस क्लबमा आयोजीत पत्रकार सम्मेलनमा अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे [&hellip;]</p>

काठमाडौं । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालमा लोडेसेडिङ् अहिले नहुनुमा भारतको ठूलो हात रहेको स्पष्ट पारेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेको राजदुत उपाध्यायले रिपोर्टस क्लबमा आयोजीत पत्रकार सम्मेलनमा अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे ।

उनले भने,‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं, अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौ ं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ, यो कुरा सबैलाई थाहा छ ।’

राजदुत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ, र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन, र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन्।’ उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने,‘अब चुनाव हुनुपर्छ, त्यो आँफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन्।’

राजदुत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले थपे,‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं, गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’
नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्, यो सकारात्मक कुरा हो।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको र अहिले उचाईमा पुगेको बताउँदै राजदुत उपाध्यायले भने,‘अहिले त द्धिपक्षीय ओभरराईड मेकानिज्म बनेको छ, रेलमन्त्री र वित्तमन्त्री पनि हालै काठमाडौं आउनुभयो।’ कुटनीतिज्ञ कला, कौशल राम्रो भयो र संयमित रुपमा प्रस्तुत गर्न सकियो भने द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर हुने उनको विश्वास थियो।
त्यस्तै उनले नेपालमा ग्याँस तथा पेट्रोलियम पदार्थ लाईन बसेर लिने झन्झटलाई मध्येनजर गर्दै आईओसी र एनओसीवीच सम्झौता हुन गैरहेको बताए। उनले भने,‘प्रवन्धन त हामीले गर्ने हो नि।’ राजदुत उपाध्ययाले जनतालाई दुःख दिने निर्णयहरु कतैबाट पनि हुन नहुने जिकिर गरे।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले द्धिपक्षीय सम्बन्धलाई सुदृढ र समुधुर बनेकोले अब आर्थिक समृद्धिको लागि दुवै देश मिलेर अघि बढ्ने बेला आएको बताए। उनले थपे,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर बनेको छ, अब द्धिपक्षीय सम्बन्धलाई विश्वासका साथ आपसी हित र आर्थिक समृद्धिको लागि बढि केन्द्रित गर्नुपर्छ।’

Share News