नेपाल लाईफको एफपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

<p>काठमाडौं, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले करिव २ महिनाअघि निश्काशन गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओको शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १६० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ भने अन्यले कम्तिमा १० कित्ता पाएका छन् । १० कित्ता शेयर एक लाख २५ हजार ५ जनाले [&hellip;]</p>

काठमाडौं, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले करिव २ महिनाअघि निश्काशन गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओको शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १६० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ भने अन्यले कम्तिमा १० कित्ता पाएका छन् । १० कित्ता शेयर एक लाख २५ हजार ५ जनाले पाएका छन् । साना लगानीकर्ताले २३.२२ प्रतिशत शेयर पाएका छन् ।

१७० देखि १८० कित्ता आबेदन गर्नेले अनिबार्य रुपमा १० कित्ता पाउँदा १९० देखि २१० कित्तासम्म आबेदन गर्नेले ११ कित्ता पाएका छन् । सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ सय ४१ कित्ता पाएका छन् । ठूला लगानीकर्तालाई ५.७३ प्रतिशतको दरले सेयर बाँडफाँड गरिएको छ ।

आबेदकहरुमा १० कित्तावाला २३ हजार १४८ रहेकोमा पाँच हजार ५०३ जनाले, २० कित्तावाला ९ हजार ३७८ रहेकोमा चार हजार ३७७ जना र ३० कित्तावाला एक लाख ६३ हजार ८०१ रहेकोमा एक लाख १४ हजार १२५ जनाले सेयर पाएका छन् । कम्पनीको शेयरमा अधिकतम कित्ताका लागि १७३ जनाले आवेदन दिएका थिए। उनीहरुले ३० हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए । उनीहरुले १७ सय ४१ कित्ता शेयर पाएका छन् ।

एफपीओमा ५४ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ बराबरको आबेदन परेको थियो । सेयर नपरेकाहरुलाई पाँच कार्य दिनपछि रकम फिर्ता भुक्तानी गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

Share News