काठमाडौं। ‘हार्नेसिङ इन्भेष्टमेन्ट अपर्च्युनिटिज इन नेपाल’ नारा सहित सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन राजधानीमा सुरु भएको छ। सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका नेपालीसहित एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्।
भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी छन्।

विदेशी कम्पनी तथा फोरमहरुले लगानीका लागि पैसा लिएर आए बाँकी सबै प्रकृया सरकारले सहज बनाइदिने उनले प्रतिबद्धता जनाए। नेपालको कुनै पनि राजनीतिक दल या संगठन विकासको विरोधि नभएको हुँदा लगानी सुरक्षाप्रति निश्चिन्त रहन उनले आग्रह समेत गरे।
उनले नेपालमा पब्लिक प्राइभेट पार्टनरसिप ‘पिपिपी’ मोडेल सबैभन्दा उत्कृष्ट रहेको भन्दै सरकारले पूर्वाधार निर्माण लगायमा नीजि क्षेत्र र बैदेशिक लगानीलाई प्राथमिकताका साथ सहयोग र सहकार्य गर्ने जानकारी दिए।
अर्थमन्त्री कृष्णबहादुर महाराले नेपालमा लागनीका लागि धेरै क्षेत्र रहेको र त्यसको सुरुवातका रुपमा भर्खरै सरकारले २४ सै घण्टा विजुलीको उपलब्ध गराउन थालेको बताए। उनले लगानीका लागि सेज ऐन तथा अन्य नियम/कानुन समयानुकुल परिवर्तन गर्न सरकार तत्पर रहेको भन्दै बैदेशीक लगानी र नाफावापतको रकम फर्काउनका कुनै समस्या नहुने जानकारी दिए।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालले दोस्रो ‘जेनेरेसन’को लगानी सम्मेलन आयोजना गरि स्वदेशी बजारलाई विश्वस्तरमा अझ फराकिलो बनाउन चाहेको बताए।
सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लि क्विननले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए। त्यसका लागि नेपाली नीजिक्षेत्रसँग सहकार्य गरेर जाने उनको भनाइ छ।
उनले ठूला आयोजनामा काम गर्न चाहेको भन्दै लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि ठूलो लिन चाहेको बताए। एआइआइवीले नेपालमा परिवर्तनको चरणमा पुग्ने र ग्रिन सस्टेनेवल इकोनोमीका लागि सहयोग तथा सहकार्य गर्ने स्पस्ट पारे।
लगानी सम्मेलनमा तत्काल बनाउन सकिने ८ वटा परियोजना प्रस्तुत गरिएको छ। सम्मेलनमा लगानी बोर्डले पूर्व–पश्चिम रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो, तामाकोसी तेस्रो हाइड्रोपावर, काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग, काठमाडौ–पोखरा रेलमार्ग, रासायनिक मल कारखाना, पूर्वपश्चिम विद्युतीय रेलमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीयोग्य आयोजनाका रुपमा प्रस्तुत गरेको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको अवसर शीर्षकको सत्रमा ८ वटा परियोजना तत्काल सुरु गर्न सकिने खालका भएको बताए ।
सम्मेलनका विशेष अतिथि भारतीय वित्तमन्त्री अरुण जेट्लीले के भने
लगानी सम्मेलका लागि विशेष तथा प्रमुख अतिथि रहेका भारतका कन्दीय वित्तमन्त्री अरुण जेट्लीले अर्थतन्त्रले गति लिने कुराको प्रारम्भिक बिन्दु लगानी रहेको बताएका छन्। उनले लगानीका कारण आर्थिक गतिविधिहरु सुरु हुन्छन् त्यसले रोजगारी सिर्जना गर्ने बताए।
उनले लगानीले आर्जन गर्ने नाफा अर्थतन्त्रका लागि ‘इन्सेन्टिभ’ हुने बताए। कुनै एउटा लगानीले नाफा कमाएको देखेपछि अरु लगानीकर्ता पनि आकर्षित हुने र त्यसैले लगानीले थप लगानीको अवसर सिर्जना गर्ने बताए। नाफायुक्त लगानीले अझै बृहत्तर लगानीको ढोका खुला गर्ने र त्यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने बताए।
जेट्लीले भारत नेपालको आर्थिक विकासमा सघाउन अत्यन्त प्रतिबद्ध रहेको बताए। ‘यहाँको हाइड्रो प्रोजेक्ट देखि ट्रान्समिसन लाइनसम्म, सडक देखि रेल्वे लिंकसम्ममा हामीले गरेको सहकार्य त्यसैको परिणाम हो’ उनले भने ‘शैक्षिक संस्था, मेडिकल कलेज, स्वास्थ्य संस्था देखि सिञ्चाइ आयोजनासम्म हाम्रो हातेमालो रहँदै आएको छ।’