काठमाडौं । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड होली (फागु)को अवसर पारेर मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत १५ गतेसम्म लागू हुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो ।
ललितपुर मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर होलीको बहार,स्मार्टफोन खरिदमास्मार्ट टिभी उपहारयोजना ल्याएको छ । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट पनि दिईएको छ ।
योजना अवधिमा ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट सामसंगको स्मार्ट टेलिभिजन सेट उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकले खरिद गरेको मोबाइलको बिल नम्बरको आधारमा लक्की ड्रमार्फत बिजेताहरुको नाम घोषणा गर्नेछ ।
कम्पनीले हाल बजारमा विश्वको चर्चित मोबाइल ब्राण्ड साओमीको विभिन्न स्मार्टफोनहरुसहित एमआई फोर ए तथा सन् २०१७ का चर्चित स्मार्टफोनहरु ह्वावेको जिआर फाइभ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस स्मार्टफोनहरु सूपथ मूल्यमा किन्न सकिन्छ । मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।
अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टि ब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले होलीको रंगिन खुशीयालीमा नयाँ अफर लागू गरेको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । “रंगहरुको उत्सव होलीमा ग्राहकहरुलाई अझ रंगिन बनाउन नयाँ योजना ल्याएका हौं,” उनले भने ।