भारतीय टोलीको मुख्य चासो ग्राहकको पहिचान कसरी गर्ने ? बैंकर्सले भने–केवाईसी सिस्टम भारतमा भन्दा नेपालमा राम्रो छ

<p>काठमाडौं । पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ प्रतिबन्ध लागेको करिब चार महिनापछि नोट साट्ने विषयमा छलफल गर्न आएको भारतीय टोलीले राष्ट्र बैंकसँग कसरी ग्राहकको पहिचान कसरी गर्ने भन्ने विषयलाई प्रमुखताका साथ उठाएको छ । प्रतिबन्ध नोटको विषयम कुरा गर्न मंगलबार नेपाल आएको भारतीय टोलीले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग [&hellip;]</p>

काठमाडौं । पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ प्रतिबन्ध लागेको करिब चार महिनापछि नोट साट्ने विषयमा छलफल गर्न आएको भारतीय टोलीले राष्ट्र बैंकसँग कसरी ग्राहकको पहिचान कसरी गर्ने भन्ने विषयलाई प्रमुखताका साथ उठाएको छ । प्रतिबन्ध नोटको विषयम कुरा गर्न मंगलबार नेपाल आएको भारतीय टोलीले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग छलफल गरेका छन् ।

‘ग्राहक बुझ्ने आधार के कस्तो हुन सक्छ भन्ने विषय उठाएका छन् र ग्राहक पहिचान सम्बन्धि विषयमा छलफल केन्द्रीत भएको भएको छ’ राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने ।

टोलीले नेपाल बैंकर्स एशेसिएशनसँगको भेटमा पनि ग्राहक पहिचानमा अपनाइएको प्रणालीमै चासो देखाएका छन् । टोलीले ग्राहक पहिचान प्रणाली (केवाईसी) चासो देखाए पनि उक्त व्यवस्था भारतमा भन्दा नेपालमा कडा भएको एसोसिएशनले जानकारी दिएको छ । समस्या सल्टाउन भारतबाट त्यहाँको कन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र नियमन विभागका अधिकारीहरु मंगलबार नेपाल आएका हुन् । टोलीले भारु सटही सम्बन्धि कुनै निर्णय भने गर्ने छैन । उनीहरुले यहाँको वस्तु स्थिति बुझेर प्रतिवेदन भने तयार पार्ने अधिकार मात्र लिएको आएको बताईएको छ ।

Share News