वेद इन्टरनेशनल एजुकेशनलले १४औं वार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्दै

<p>काठमाडौं । वेद इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सन् २०१० देखि परामर्श सेवा प्रदान गर्दै आइरहेको वेद इन्टरनेशनलले आफ्नो वार्षिकोत्सवलाई थप विशेष बनाउने उद्देश्यले ‘वेद फोर इभर’ नामक क्याम्पेन सञ्चालन गर्न लागेको हो । कन्सल्टेन्सीले वार्षिकोत्सवको १५ दिनअघिदेखि [&hellip;]</p>

काठमाडौं । वेद इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सन् २०१० देखि परामर्श सेवा प्रदान गर्दै आइरहेको वेद इन्टरनेशनलले आफ्नो वार्षिकोत्सवलाई थप विशेष बनाउने उद्देश्यले ‘वेद फोर इभर’ नामक क्याम्पेन सञ्चालन गर्न लागेको हो ।

कन्सल्टेन्सीले वार्षिकोत्सवको १५ दिनअघिदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ । २६ डिसेम्बरमा वेदले वार्षिकोत्सव मनाउँदैछ । कार्यक्रम अन्तर्गत ‘फोर कन्ट्रिज रिप्रिजेन्टेटिभ मिट–अप’ हुनेछ । बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियाका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूलाई भेट्ने अवसर विद्यार्थीले पाउनेछन् । जुन कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजाईको देशको शैक्षिक अवसर र प्रक्रियाबारे प्रत्यक्ष जानकारी पाउनेछन् ।

त्यस्तै ‘फोर फेमिली फेस्ट’ कार्यक्रम अन्तर्गत भिसा पाइसकेका विद्यार्थीको अभिभावकहरूका लागि चिया–पान कार्यक्रम राखिने बताइएको छ । कार्यक्रममा अभिभावकहरूलाई माया र सम्मानस्वरूप विशेष चिनो प्रदान गरिनेछ । ‘फोर फ्री मक टेस्ट’ अन्तर्गत हाल आयल्स तयारी कक्षामा रहेका विद्यार्थीहरूको लागि ४ वटा निःशुल्क मक टेस्टको अफर सार्वजनिक गरिएको छ ।

त्यसैगरी ‘फोर फन एक्टिभिटिज फोर रिवार्ड’ अन्तर्गत कार्यक्रमलाई थप आकर्षक बनाउन चारवटा रमाइला खेलहरू आयोजना गरिनेछन् । विजेताहरूलाई विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ । बञ्जी जम्पको टिकट, चितवन/सौराहा जाने हवाई टिकट, जिपलाइनको टिकट, परिवारका लागि चलचित्र हेर्ने टिकट लगायत उपहार प्रदान हुनेछ ।

वार्षिकोत्सवको अवसरमा आयल्स तयारी गर्न चाहने नयाँ विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षाहरू पनि उपलब्ध गराइने जनाइएको छ । यो महिनाभर आयल्स कक्षा निःशुल्क हुने सञ्चालक आशिक कार्कीले जानकारी दिए ।

Share News