राष्ट्रिय बीमा कम्पनीको साधारण सभा पुस २४ गते हुने

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पुस २४ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औं बैठकले काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि १८ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पुस २४ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औं बैठकले काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

Share News