माइक्रोम्याक्सको पी६८१ मोबाइल नेपाली बजारमा, मूल्य १४ हजार ७ सय मात्र

<p>काठमाडौं । स्मार्टफोन जगतमा विश्वप्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति पी६८१ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको  छ । कम्पनीले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्न उक्त मोबाइल ग्राहकहरुका माझ ल्याएको बताएको छ । कम्पनीका अनुसार पी६८१मा विशेष किसिमको प्रोसेसर रहेको छ, जुन १.३ जिगा हर्ज क्वाढ(कोर प्रोसेसरद्धारा सञ्चालित छ । १६ जिबी रोम रहेको यस [&hellip;]</p>

काठमाडौं । स्मार्टफोन जगतमा विश्वप्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति पी६८१ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको  छ । कम्पनीले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्न उक्त मोबाइल ग्राहकहरुका माझ ल्याएको बताएको छ ।

कम्पनीका अनुसार पी६८१मा विशेष किसिमको प्रोसेसर रहेको छ, जुन १.३ जिगा हर्ज क्वाढ(कोर प्रोसेसरद्धारा सञ्चालित छ । १६ जिबी रोम रहेको यस मोबाइलमा ८.०” डिस्प्ले र फोनमा शक्तिशाली ४००० एमएएचको ब्याट्री रहेको छ । साथै, उक्त मोबाएलमा ५एमपी हाइ रिजोलुसन अटो फोकस रिएर क्यामेरा र २ एमपी फ्रण्ट क्यामेरा सेल्फीका लागि रहेको छ ।

१.३ जिगा हर्ज क्वाढ(कोर प्रोसेसरले गर्दा यो ठूलो फोन चलाउन धेरै सजिलो र छिटो रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको छ । पी६८१ मोबाइलमा डियूएल माइक्रो सिम सल्ट भएको थ्रि जी नेटवर्क सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

नेपाली बजारमा पी६८१ मोबाइलको मूल्य १४ हजार ७ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त स्मार्टफोन उत्कृष्ट फोन मध्येमा पर्ने हुनाले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन नदिने कम्पनीको विश्वास रहेको छ ।

Share News