सरकारको नीति अटोबजारमैत्री भएन : नाडा अध्यक्ष चौधरी

<p>&nbsp; काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारको नीतिहरू औद्योगिकमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको भन्दै सरकारले पनि अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा अध्यक्ष चाैधरीले ध्यानाकर्षण गराए । उनका अनुसार नेपालको अर्थतन्त्रमा अटोमोबाइलको [&hellip;]</p>

 

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारको नीतिहरू औद्योगिकमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको भन्दै सरकारले पनि अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा अध्यक्ष चाैधरीले ध्यानाकर्षण गराए ।

उनका अनुसार नेपालको अर्थतन्त्रमा अटोमोबाइलको योगदान २१ प्रतिशत, प्रत्यक्ष रोजगारी १ लाख, अप्रत्यक्ष रोजगारी १० लाख, बीमा क्षेत्रमा ५० प्रतिशत योगदान र विज्ञापन क्षेत्रमा ४० प्रतिशत छ ।

तर, यति ठूलो योगदान गर्ने अटो क्षेत्रको लागि सरकारले अटोमैत्री नीति नबनाएको उनको गुनासो थियो ।

अध्यक्ष चाैधरीले विशेषगरी विद्युतीय गाडीमा कर बढाएको, झन्झटिलो कर प्रणाली रहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा यस क्षेत्रको लागि केही पनि उल्लेख नगरेकोमा गुनासो गरेका थिए ।

Share News