१ सयमै सोपान फर्मास्युटिकल्सको सेयरधनी बन्ने मौका, बिक्रीमा राख्यो ३ लाख कित्ता सेयर

<p>काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेड अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज मंसिर २४ गतेदेखि संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो । गत भदौ २४ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले चुक्ता पुँजी ९९ करोड रुपैयाँको १ः०.३० अर्थात् ३० प्रतिशत हकप्रद सेयर पारित [&hellip;]</p>

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेड अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज मंसिर २४ गतेदेखि संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो ।

गत भदौ २४ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले चुक्ता पुँजी ९९ करोड रुपैयाँको १ः०.३० अर्थात् ३० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो । सोही बमोजिम कम्पनीले असोज १५ गतेदेखि कात्तिक ३० गतेससम्म अंकित मूल्य १ सय रुपैयाँ दरका २९ लाख ७० हजार कित्ता बिक्री खुला गरेको थियो ।

उक्त अवधिमा २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद सेयर खरीदका लागि आवेदन प्राप्त भएको र रितपूर्वक आवेदन दिएका संस्थापक सेयरधनीहरूमा माग गरे बमोजिम बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

बाँकी रहेको पौने ३ लाख कित्ता हकप्रद सेयर सर्वसाधारण लगानीकर्ताका बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Share News