गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

<p>काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन सुज म्यानुफ्याक्चरले सोरुम इन्साइड सोरुममार्फत भाटभटेनीको शाखाहरुमा गोल्डस्टार जुत्ता उपलब्ध गराउने भएको छ । पहिलो चरणअन्तर्गत, गोल्डस्टार जुत्ताहरु महाराजगंज र नकसाल अवस्थित भाटभटेनीको शाखाहरुमा उपलब्ध गराइएकोे कम्पनीले जनाएको छ । कन्पनीको योजनाअनुरुप, गोल्डस्टार जुत्ताआफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडैँ नै हरेक भाटभटेनी शाखाहरुमा उपलब्ध गराइने छ । गोल्डस्टार [&hellip;]</p>

काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन सुज म्यानुफ्याक्चरले सोरुम इन्साइड सोरुममार्फत भाटभटेनीको शाखाहरुमा गोल्डस्टार जुत्ता उपलब्ध गराउने भएको छ । पहिलो चरणअन्तर्गत, गोल्डस्टार जुत्ताहरु महाराजगंज र नकसाल अवस्थित भाटभटेनीको शाखाहरुमा उपलब्ध गराइएकोे कम्पनीले जनाएको छ ।

कन्पनीको योजनाअनुरुप, गोल्डस्टार जुत्ताआफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडैँ नै हरेक भाटभटेनी शाखाहरुमा उपलब्ध गराइने छ । गोल्डस्टार जुत्ताहरु, वृद्धवर्ग तथा ग्रामीण क्षेत्रमा लोकप्रिय र अत्याधिक विक्रि हुने जुत्ताहरुमा परिचित भएता पनि, नयाँ डिजाइन र उच्च गुणस्तरीय सामाग्रीको प्रयोगले युवावर्ग तथा शहरी क्षेत्रमा पनि यस जुत्ताको प्रयोग र लोकप्रियता बढ्दो क्रममा रहि आएको पाइन्छ ।

नेपालमै बनाइएको, उच्च गुणस्तरीय, सुलभ मुल्य र गोल्डस्टार जुत्ताको इतिहासले यस गोल्डस्टार जुत्ता आफ्ना प्रतिस्पर्धीहरु सामु एक सर्वोत्तम उत्पादन रहि आएको कम्पनीले जनाएको छ । साथै, भारत र नेपालमा अवस्थित आफ्ना ग्राहक तथा वितरकहरु सँगको बलियो र प्रगाढ सम्बन्धले गर्दा, यस गोल्डस्टार जुत्ताले, राष्ट्रिय पहिचान पुरस्कारअन्तर्गत अत्यन्तै व्यवस्थित व्यवसाय श्रेणीमा,“उत्कृष्ट निर्यात कर्ता पुरस्कार” हात पार्न सफल भएको छ ।

नयाँ उत्पादनको खोज तथा विकास, प्रविधि र ग्राहकवर्गको सेवालाई अधिकतम ध्यानमा राख्दै यस गोल्डस्टार जुत्ता आप्mना ग्राहकहरुको सुरक्षा, आरामदायी र हितमा सदैव प्रगतिशील रहि रहने कम्पनीले जनाएको छ ।

Share News