जेट एयरवेजको ‘बिलियन माइल्स फेस्टिबल’ योजना सार्वजनिक, उडान गर्नेलाई पुरस्कृत गरिने

<p>काठमाडौं । भारतको प्रमुख अन्तराष्ट्रिय एयरलाइन्स जेट एयरवेजले भारतकै पहिलो तथा सर्वाधिक ठूलो‘बिलियनमाइल्स फेस्टिबल’ आयोजना गरी धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कृत गर्ने योजना सार्वजनिक गरेको छ । योजना अवधि भित्र जेट एयरवेजको टिकट बुक गर्ने तथा यात्रा गर्ने जुनसुकै देशका यात्रुले एक करोड भन्दा बढी जेपी माइल बराबरको बोनस प्राप्त गर्न सक्ने छन् । [&hellip;]</p>

काठमाडौं । भारतको प्रमुख अन्तराष्ट्रिय एयरलाइन्स जेट एयरवेजले भारतकै पहिलो तथा सर्वाधिक ठूलो‘बिलियनमाइल्स फेस्टिबल’ आयोजना गरी धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कृत गर्ने योजना सार्वजनिक गरेको छ । योजना अवधि भित्र जेट एयरवेजको टिकट बुक गर्ने तथा यात्रा गर्ने जुनसुकै देशका यात्रुले एक करोड भन्दा बढी जेपी माइल बराबरको बोनस प्राप्त गर्न सक्ने छन् ।

आगामी गर्मी मौसममा बिदा मनाउने यात्रुहरुलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत जेट एयरवेजका यात्रुले बोनस जेपीमाइल प्राप्त गरी लाभान्वित हुन सक्ने छन् । हवाई यात्राको चाहना गर्नेहरुको सपना साकार पार्न ‘बिलियन माइल्स फेस्टिबल’ सहायक सिद्ध हुने विश्वास एयरवेज सूत्रले व्यक्त गरेको छ ।

यो योजना जेट प्रिभिलेजका सवै सदस्य तथा लोयाल्टी रिवार्ड कार्यक्रमका विजेताहरुका लागि समेत खुल्ला रहने छ । सदस्यता लिइ नसकेकाहरुले एयरवेजको वेबसाइटमार्फत आफूलाई सूचिकृत गरी बोनस जेपी माइल योजनाको फाइदा उठाउन सक्ने छन् । ग्राहकले यही फरवरी २१ देखिमार्च ३१ सम्ममा जेटएयरवेज डटकम वा मोबाइल एपमा बुक गरेको प्रत्येक टिकटमा बोनस जेपी माइल प्राप्त गर्न सक्ने छन् ।

उक्त योजना अवधिभर प्रत्येक दिन एक जना भाग्यशाली विजेता घोषित गरिने छ । यसरी घोषित गरिएका भाग्यशाली विजेताहरुले एक लाख जेपी माइल प्राप्त गर्ने छन् । साथै एक जना ज्याकपट विजेताले दस लाख जेपी माइल प्राप्त गर्ने छन् । विजेताहरुले आफूले प्राप्त गरेको जेपी माइल आगामी जेट एयरवेज वा साझेदार एयरलाइन्सको अवार्ड टिकट खरीद गर्दा प्रयोग गर्न सकिने जानकारी गराइएको छ ।

Share News