कर्मचारीको निःशुल्क बीमा गरिने

<p>काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले कर्मचारीको निःशुल्क बीमा गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेको हो । नगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिसकेको छ । नगर प्रमुख मोहन प्रसाद बस्नेतले एक [&hellip;]</p>

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले कर्मचारीको निःशुल्क बीमा गर्ने भएको छ ।

राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेको हो ।

नगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिसकेको छ ।

नगर प्रमुख मोहन प्रसाद बस्नेतले एक सूचना जारी गर्दै भनेका छन्, ‘नागार्जुन नगरपालिकाको निःशुल्क स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत भएको सन्दर्भमा राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नागार्जुन नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नागार्जुन नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य बीमा गरिने भएकोले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’

Share News