नोबेल मेडिकल कलेजले २ सय प्रतिशत लाभांश बाँड्ने, बैंकबाट ऋण लिएर विश्वस्तरिय सेवा दिने

<p>काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । नोबेल मेडिकल कलेजको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले २ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नोबेल मेडिकल कलेजले गत आर्थिक वर्ष २०८०÷८१ को नाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड [&hellip;]</p>

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । नोबेल मेडिकल कलेजको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले २ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नोबेल मेडिकल कलेजले गत आर्थिक वर्ष २०८०÷८१ को नाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँका दरले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न मेडिकल कलेजले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे प्रथम वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरिय स्वास्थ्य सेवा संचालन गर्नुपर्ने, स्वास्थ्य सेवा संचालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गनुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी÷अस्पताल÷शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग) लगायतका विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

Share News