सडक भत्काउने ठूला सवारी नाकामौ, सडक जोगाउने सरकारको नयाँ आइडिया

<p>काठमाडौं । राजधानी भित्रिने मालवाहक सवारीसाधनका लागि सीमा क्षेत्रमा छुट्टै पार्किङस्थल निर्माण गरिने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले अत्याधिक भारका मालवाहक सवारीसाधनले सडक भत्काएको र ट्राफिक जाम बढाएको भन्दै सीमा क्षेत्रमा ठूला सवारी पार्किङको अवधारणा ल्याएको हो । मालवाहक सवारीको अत्याधिक भारकै कारण सडक छिया छिया बनेको बताउँदै प्राधिकरण आयुक्त डा.भाइकाजी तिवारीले चालू [&hellip;]</p>

काठमाडौं । राजधानी भित्रिने मालवाहक सवारीसाधनका लागि सीमा क्षेत्रमा छुट्टै पार्किङस्थल निर्माण गरिने भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले अत्याधिक भारका मालवाहक सवारीसाधनले सडक भत्काएको र ट्राफिक जाम बढाएको भन्दै सीमा क्षेत्रमा ठूला सवारी पार्किङको अवधारणा ल्याएको हो ।

मालवाहक सवारीको अत्याधिक भारकै कारण सडक छिया छिया बनेको बताउँदै प्राधिकरण आयुक्त डा.भाइकाजी तिवारीले चालू आर्थिक बर्षदेखि नाका क्षेत्रमा पार्किङस्थल सम्भाव्यता अध्ययन गरिने बताए ।

अर्थमन्त्रालयले प्राधिकरण अन्तर्गत विभिन्न योजनालाई १५ करोड रुपैयाँ सम्भाव्यता अध्ययनका लागि छुट्टयाएको तिवारीले बताए । नागरिक दैनिकबाट ।

Share News