किंग्स् कलेजले ‘हाम्रो उत्सव’को आयोजना गर्ने, फाल्गुन १७ गतेदेखि शुरु

<p>काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा रमनोरञ्जन विषय बस्तुअन्तर्गत यहि फाल्गुन १७ देखि १८ गतेसम्म काठमाडौं कमलादीस्थित एकेडेमी हलमा &#8216;हाम्रो उत्सव&#8217;को आयोजना गर्न लागेको छ । गत वर्षको किंग्स् उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रममको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको हो । किंग्स् कलेजको प्रमख [&hellip;]</p>

काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा रमनोरञ्जन विषय बस्तुअन्तर्गत यहि फाल्गुन १७ देखि १८ गतेसम्म काठमाडौं कमलादीस्थित एकेडेमी हलमा ‘हाम्रो उत्सव’को आयोजना गर्न लागेको छ । गत वर्षको किंग्स् उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रममको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको हो ।


किंग्स् कलेजको प्रमख दृष्टिकोण तीनवटा ईः यजुकेशन(शिक्षा), आन्टरप्रेनरशिप (उद्यमशिलता) र इन्टरटेनमेण्ट (मनोरञ्जन) माथि प्रमुखजोड दिइएको यस उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुकालागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको छ । साथै, यस सातदिने वार्षिक कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, शिप, अनभव र प्रतिभाको प्रस्फुटन गराउन अत्यावशेक मञ्च प्रदान गर्नेछ । विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुको सँगालो यस उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्नेछ ।

“गतवर्ष किंग्स् उत्वसको नाममाअन्तर विजनेश स्कुलप्रति स्पर्धाको रुपमा सुरु भएको यस कार्यक्रम हाम्रो उत्सवको रुपमा परिबर्तीत र बिस्तारित भइ नेपाल भरीको विद्यार्थीहरुकामाझ एक बृहत प्रतिस्पर्धाको रुपमा स्थापित हुन लागेको छ,”कलेजका कार्यकारी निर्देशकएवं प्रिन्सिपल नरोत्तम अर्यालले भने, “हामीले आफ्नो स्वरुप र क्षमताको प्रबद्र्धनद्धारा धेरै भन्दा धेरै विद्यार्थी एवं सरोकारवालाहरु सम्म पहुँच राखि हरेक पटक आफुलाई सुधार गर्दै विद्यार्थीहरुको विविधताको सम्मानमा पृकथ रुपमा प्रस्तुत हुने उदेश्य राखेका छौँ ।”

“हाम्रो उत्सव जस्तो कार्यक्रमले प्रतिभाशाली विद्यार्थीलाई एकै थलोमा जमघट गराइ उनीहरुको ज्ञान र बझाइ बृद्धि गर्न र विभिन्न स्वरुपको प्रतिस्पर्धाहरुद्धारा उनीहरुमा अनेक किसिमका शैक्षिक तथा उद्यमशिलता सम्बन्धि समस्याहरुको समाधान गर्नमा नेतृत्वदायी भूमिकाको प्रबद्र्धन गर्न उपयुक्त माध्यम प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । हामीले जोडदिने गरेको कक्षा कोठा बाहिरको शिकाइ बास्तवमा यहि नै हो ।”

किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गर्ने यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।

Share News