४ महिनामा जीवन बीमाको व्यापार आधा खर्ब बढी, कुन कम्पनीको कति ?

<p>काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा जीवन बीमा कम्पनीहरूले आधा खर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी (लघु बाहेक)ले कुल ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ । नेपाल लाइफ १५ [&hellip;]</p>

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा जीवन बीमा कम्पनीहरूले आधा खर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी (लघु बाहेक)ले कुल ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ । नेपाल लाइफ १५ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दा नेशनल लाइफले ६ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले नेशनल लाइफलाई पछ्याउँदै ६ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा हिमालयन लाइफले ५ अर्ब ५८ करोड, सूर्यज्योति लाइफले ३ अर्ब २५ करोड, एशियन लाइफले २ अर्ब ७४ करोड, सिटिजन लाइफले २ अर्ब १९ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड र मेटलाइफले १ अबै ८७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी १ अर्ब १७ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड, रिलायबल लाइफले १ अर्ब ५५ करोड, आइएमई लाइफले १ अर्ब ५३ करोड र सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले कार्तिक महिनामा मात्रै १२ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यसैगरी, वैदेशिक रोजगार म्यादी जीवन बीमातर्फ ९१ करोड रुपैयाँ र नवीकरण शुल्क वापत ४२ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कार्तिक मसान्तसम्म सक्रिय बीमितको संख्या १ करोड ३६ लाख ९१ हजार रहेको छ ।

Share News