
काठमाडौं । नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स र लुम्बिनी लायन्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
मसिंर १५ गतेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भइरहेको एनपीएलमा बीमा साझेदारको रूपमा यस नेपाल इन्स्योरेन्स लुम्बिनी लायन्सको प्रायोजक बनेको हो ।
नेपाल इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जीसीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
उक्त लिगमा सहभागि खेलाडी तथा अन्य व्यक्तिहरूले प्रयोग गर्ने लुम्बिनी लायन्सको टोपीमा कम्पनीको लोगो अंकित हुनेछ भने अन्य विभिन्न प्रवर्धनात्मक क्रियाकलापमा समेत नेपाल इन्स्योरेन्सको सहभागिता रहने कम्पनीले जनाएको छ ।
यस सम्झौताबाट नेपालको खेलकुदको विकाशमा टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।
यस कम्पनीले विगत ७८ वर्षदेखि बीमा सेवा दिँदै आएको छ ।