आईएसएमटी कलेजले सम्पन्न गर्‍यो रक्तदान कार्यक्रम

<p>काठमाडौं । काठमाडौंको तीनकुने गैरिगाँउस्थित आईएसएमटी कलेजले सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलापअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । बेलायतको सुन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस आईएसएमटी कलेजले बीबीए, बीएचएम, बीएससी आइटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक, एमबीए कार्यक्रम सञ्चालन गरिरहेको [&hellip;]</p>

काठमाडौं । काठमाडौंको तीनकुने गैरिगाँउस्थित आईएसएमटी कलेजले सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलापअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कलेजको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारी सहभागी भएका थिए ।

बेलायतको सुन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस आईएसएमटी कलेजले बीबीए, बीएचएम, बीएससी आइटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक, एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

साथै आईएसएमटी ग्रुपअन्तर्गत युनिभर्सिटी अफ सुन्डरल्यान्ड युकैकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालनमा छन् ।

Share News