आईएमई लाइफ इन्स्योरेन्सको सीईओ बने पवनकुमार खड्का

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरी [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरी कम्पनीका सञ्चालक समितिलाई आवश्यक कार्य गर्न जानकारी गराएको थियो ।

सीईओ खड्कासँग आईएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालीन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जरपश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्च व्यवस्थापकीय पदसहित सीईओ र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्य अनुभव रहेको छ ।

उनीसँग बीमा, जलविद्युत तथा सिमेन्ट क्षेत्रको कार्य अनुभव रहेको छ । उनीसँग एसीसीए संयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शैक्षिक योग्यता रहेको छ ।

Share News