नेपालमा पहिलो पटक इस्लामिक कला तथा वास्तुकलाको अन्तर्राष्ट्रिय सम्मेलन

<p>काठमाडौं ।  इस्लामिक कला तथा वास्तुकलाको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी भएको छ । मदर फाउन्डेसनको आयोजनामा काठमाडौंमा सम्मेलन भएको हो । सम्मेलनमा इस्लामिक कला, वास्तुकला तथा इस्लामिक सांस्कृतिक प्रदर्शनी गरिएको छ । नेपालमा पहिलोपटक भएको सम्मेलनमा विभिन्न जिल्लाका इस्लामिक कला तथा वास्तुकला प्रयोग भएको धार्मिक मस्जिद, मठ मन्दिर, गुम्बा, तथा ऐतिहासिक धरोहरहरूको तस्वीर प्रदर्शन गरिएको [&hellip;]</p>

काठमाडौं ।  इस्लामिक कला तथा वास्तुकलाको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी भएको छ । मदर फाउन्डेसनको आयोजनामा काठमाडौंमा सम्मेलन भएको हो । सम्मेलनमा इस्लामिक कला, वास्तुकला तथा इस्लामिक सांस्कृतिक प्रदर्शनी गरिएको छ ।

नेपालमा पहिलोपटक भएको सम्मेलनमा विभिन्न जिल्लाका इस्लामिक कला तथा वास्तुकला प्रयोग भएको धार्मिक मस्जिद, मठ मन्दिर, गुम्बा, तथा ऐतिहासिक धरोहरहरूको तस्वीर प्रदर्शन गरिएको छ ।

मदर फाउन्डेसनका संरक्षक तथा पूर्वन्यायाधीश डा. सलाहुदीन सिद्दिकीले यो सम्मेलनबाट कला तथा संस्कृतिको माध्यमले धार्मिक सद्भाव तथा सामाजिक एकतामा टेवा पुग्ने बताए ।

सम्मेलनमा रसिया, मरक्को, इरान, भारत, टर्की मलेसियाबाट सहभागीहरूले बनाएका सामाग्रीहरूको पनि प्रदर्शन भएका थिए ।  नेपालमा पहिलो पटक मुस्लिम महिला सिफत सिद्धिकी इस्लामिक क्यालीग्राफी प्रदर्शनी गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विभिन्न देशका राजदूत पनि सहभागी भएका थिए ।

Share News