३५ प्रतिशत हकप्रदको लागि सहयोगी विकास बैंक पुग्यो धितोपत्र बोर्ड

<p>काठमाडौं । सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रदको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३५ प्रतिशत (अर्थात १० बराबर ३.५ अनुपात) को हकप्रद निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ११ लाख एक हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको छ । एक सय अंकित मूल्यको ११ करोड १ लाख [&hellip;]</p>

काठमाडौं । सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रदको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३५ प्रतिशत (अर्थात १० बराबर ३.५ अनुपात) को हकप्रद निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले ११ लाख एक हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको छ । एक सय अंकित मूल्यको ११ करोड १ लाख १३ हजार ५०० रूपैयाँ बराबरको हकप्रद ल्याउन लागेको हो ।

कम्पनीले फागुन ११ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनसीएम मर्चेन्ट बैंकिङ् मार्फत सो मात्राको हकप्रद जारी गर्न अनुमति मागेको छ ।

Share News