एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक

<p>काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक र क्यानको संयुक्त पहलमा यो प्रायोजन सम्झौता सम्पन्न भएको हो । ब्राण्ड लजिकले यसअघि एनपीएलको मुख्य [&hellip;]</p>

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक र क्यानको संयुक्त पहलमा यो प्रायोजन सम्झौता सम्पन्न भएको हो ।

ब्राण्ड लजिकले यसअघि एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकिएको छ ।

प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान मा सञ्चालन हुनेछ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रशारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग प्रशारण सम्झौता गरिएको छ ।

Share News