२०औं वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सले गर्यो कर्मचारीलाई सम्मान

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको छ । यसैबीच कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना गरी कुल ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको छ ।

यसैबीच कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना गरी कुल ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो ।

कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल रह्यो ।

१०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
२०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
३०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
४०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा

२० वर्षको समयमा २० अर्ब रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी
२० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी
२० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान
मर्जर विना २५० करोड रुपैयाँको चुक्ता पुँजी पु-याउने पहिलो बीमा कम्पनी
१०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी
६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी

 

Share News