नेपाल लाइफले किन्यो इर्टहरीमा पौने १६ करोडमा भवन

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुनसरीको इर्टहरीमा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले इर्टहरीको उपमहानगरपालिका–६ स्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको भवनसहितको जग्गा पौने १६ करोडमा खरिद गरेको कम्पनी सचिव प्रवीण रमण पराजुलीले जानकारी दिए । उनका अनुसार ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवन १६ करोड ७९ लाख रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुनसरीको इर्टहरीमा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले इर्टहरीको उपमहानगरपालिका–६ स्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको भवनसहितको जग्गा पौने १६ करोडमा खरिद गरेको कम्पनी सचिव प्रवीण रमण पराजुलीले जानकारी दिए ।

उनका अनुसार ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवन १६ करोड ७९ लाख रुपैयाँमा खरिद गरेको र ७२ लाख ३२ हजार ५९४ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १६ लाख ७९ लाख ५६ हजार ८८९ सय रुपैयाँ लागत लागत लागेको हो ।

कम्पनीको व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि कात्तिक २८ गते उक्त जग्गा र भवन खरिद गरेको उनको भनाइ छ ।

Share News