चिकित्सक सङ्घको अध्यक्षमा डा नेपाल, यस्तो बन्यो कार्यसमिति

<p>काठमाडौं । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा डा नवराज लामिछाने, सहसचिवमा डा वसन्त शर्मा, कोषाध्यक्षमा डा विवेक कँडेल र सह–कोषाध्यक्षमा डा सञ्जय पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकारी डा प्रकाश [&hellip;]</p>

काठमाडौं । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा डा नवराज लामिछाने, सहसचिवमा डा वसन्त शर्मा, कोषाध्यक्षमा डा विवेक कँडेल र सह–कोषाध्यक्षमा डा सञ्जय पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकारी डा प्रकाश खतिवडाले जानकारी दिए । सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

समितिको सदस्यहरुमा डा सुरेशकुमार दीप, डा कृष्णप्रसाद रेग्मी, डा पुष्पराज खनिया, डा सुन्दर गौतम र डा आविष्कार चापागाईं चयन भएका हुन् ।

Share News